सहबान अन्सारी
नवलपरासीमा थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रवार सीआर परीक्षणबाट २५ र एन्टिजिन परिक्षणबाट ६५जना गरी ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा १२जना सुनवल नगरपालिकामा १५ जना, बर्दघाट नगरपालिकामा ५१ जना, सरावल गाउँपालिकामा ५ जना सुस्ता गाउँपालिकामा ३ जना, पाल्हिनन्दन गाउँपालिकामा २जना र प्रतापपुर गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ३४५ पुगेको छ ।















