20.6 C
New York
Wednesday, June 24, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा कुशवाहा समाजकाे शाेकसभा

- Advertisement -

नवलपरासी । नेपाल कुशवाहा कल्याण समाज नवलपरासीकाे आयाेजनामा प्रतापपुर गाउँपालिका कार्य समितिले वडा नं. ५ बेतहानीमा शाेकसभा सम्पन्न गरेकाे छ ।

प्रतापपुर गाउँपालिका कार्य समिति सदस्य बाबुराम काेइरीकी बुहारी मिरा देवी काेइरीकाे ३२ वर्षकाे अल्पायुमा भएकाे असामयिक निधनले समाज मर्माहत भएकाे बताइएकाे छ। दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै समाजका केन्द्रिय सदस्य बृजराज कुशवाहाले शाेककाे यस घडीमा इश्वरले शाेकसन्तप्त परिवारजनामा शैर्यधारण गर्ने साहस प्रदान गरून् भन्ने कामना गर्नु भएकाे थियाे ।

नेपाल कुशवाहा कल्याण समाजद्वारा आयाेजित शाेक सभा प्रतापपुर गाउँपालिका कार्य समिति अध्यक्ष श्री सुदर्शन कुशवाहाकाे अध्यक्षता तथा समाजका केन्द्रिय सदस्य वृजराज कुशवाहाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विशेष अतिथी कावा. जिल्ला अध्यक्ष माेतीचन्द कुशवाहा, प्रतापपुर गा.पा. कार्यसमिति काेषाध्यक्ष रमेश कुशवाहा, सदस्य ऋषिमुनि कुशवाहा, सल्लाहकार केदार कुशवाहा लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूकाे उपस्थिती रहेकाे थियाे । 

कार्यक्रममा १ मिनेट माैन धारण तथा शाेक मन्तव्यका साथै शाेक प्रकट गरिएकाे थियाे । कार्यक्रम गाउँपालिका कार्य समिति सदस्य बाबुराम काेइरीकाे निवासस्थान प्रतापपुर गा.पा. वडा नं. ५ बेतहानीमा सम्पन्न गरिएकाे हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme