कांग्रेसमा प्रवेशको जनलहरः नेता कण्डेल

40

नवलपरासी, १ मंसिर ।

आसन्न प्रतिनिधी र प्रदेश सभाकाे निर्वाचनकाे प्रचारप्रसारकाे क्रममा हाेमिएका दल तथा उम्मेदवारहरूले चुनावी सभालाइ तिब्र पार्नुका साथै कार्यालय खाेल्ने र पार्टी प्रवेशलाइ समेत तिब्रता दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमालेकाे वामगठबन्धन र तराइ केन्द्रित दलहरूले आफ्ना समर्थकहरुको साथमा विभिन्न क्षेत्रमा मतदाताहरु संग मतमाग्न घरदैलो गर्ने र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा प्रचार प्रसार कार्यालय उद्घाटन गर्ने अन्य भेला तथा सम्मेलन गर्ने लगायतका कार्यक्रम जारी राखेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले अहिले जनताले बिश्वास गरेर नेपाली कांग्रेसको प्रबेशको जनलहर चलेको बताउनुभएको छ ।

बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले आज नवलपरासीको रामग्राम नगरपालिका वडा न. ३ का पार्टीको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता कण्डेलले यस्तो बताउनुभएको हो ।

सो अवसरमा कण्डेलले जनताले बिश्वास गरेर देशैभरी नेपाली कांग्रेसको जनलहर बढेको दाबी गर्दै जनताको मर्मत र भावना अनुसार आगामी दिनमा कांग्रेसले नेपाली जनताका लागी काम गरेर देखाउने बताउनुभयो ।

रामग्राम नगरपालिका वडा न. ३ का वडा संयोजक राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार बैजनाथ जयसवाल, पार्टीका क्षेत्रिय सभापति एवंम् नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, कांग्रेसका जिल्ला सचिब गजानन्द पटेल, निर्वाचन परिचालन समितीका संयोजक राजेन्द्र सहानी, निर्वाचन परिचालन बुद्धिजबी समितीका संयोजक राजेश्याम पाठक, वडा अध्यक्ष हरि उपाध्याय लगायतले बोल्नुभएको थियो ।

यसैगरी यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि तिवारीले आज संयुक्त रुपमा रामग्राम नगरपालिकाको वडा न. ११ र १२ का कसिया, कुनुवार र पचगवा क्षेत्रमा घरदैलो गर्नुभएको छ ।

यसैबिच रामग्राम नगरपालिका वडा न. १८ बन्जरियामा समेत निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्घाटन गरिएको छ । वडा संयोजक बबुल्ला धुनियाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेल प्रमुख अतिथीको रुपमा रहनुभएको थियो । सो कार्यक्रममा निर्वाचन परिचालन समितीका संयोजक राजेन्द्र सहानी, पार्टीका क्षेत्रिय सभापति एवंम् नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, महाधिबेशन प्रतिनिधि अनिल शर्मा, क्षेत्रिय कोषाध्यक्ष सिता ज्ञवाली, वडा अध्यक्ष गोपाल डिसुवा लगायतले बोल्नुभएको थियो ।

यसैगरी रामग्राम नगरपालिका वडा न. १८ धर्मपुरामा समेत निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्घाटन गरिएको छ । गोपाल डिसुवाको अध्यक्षतामा भएको कार्यक्रममा तिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेल प्रमुख अतिथीको रुपमा रहनुभएको थियो । सो कार्यक्रममा निर्वाचन परिचालन समितीका संयोजक राजेन्द्र सहानी, पार्टीका क्षेत्रिय सभापति एवंम् नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवर, महाधिबेशन प्रतिनिधि अनिल शर्मा, क्षेत्रिय कोषाध्यक्ष सिता ज्ञवाली, लगायतले बोल्नुभएको थियो ।

यसैगरी रामग्राम नगरपालिका वडा न. १४ अमरौटमा समेत निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्घाटन गरिएको छ । सो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेल प्रमुख अतिथीको रुपमा रहनुभएको थियो । सो कार्यक्रममा निर्वाचन परिचालन समितीका संयोजक राजेन्द्र सहानी, पार्टीका क्षेत्रिय सभापति एवंम् नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवर, महाधिबेशन प्रतिनिधि अनिल शर्मा, क्षेत्रिय कोषाध्यक्ष सिता ज्ञवाली, लगायतले बोल्नुभएको थियो ।

यसैगरी रामग्राम नगरपालिका वडा न. ५ परासीमा समेत निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्घाटन गरिएको छ । सो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेल प्रमुख अतिथीको रुपमा रहनुभएको थियो । वडा संयोजक रामबृक्ष यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिब बिक्रम यादव, निर्वाचन परिचालन बुद्धिजिबी समितीका संयोजक राजेश्याम पाठक, कांग्रेस नेतृ मधु शर्मा, महिला परिचालन समितीकी संयोजक आरधाना भट्ट लगायतले बोल्नुभएको थियो ।

यसैक्रममा बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्य ख का उम्मेदवार बैजनाथ जयसवालले संयुक्त रुपमा आफ्नो नेता कार्यकर्ताहरुको साथमा बिभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

यसैबिच बर्दघाट सूस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधी सभा उम्मेदवार सदस्य देवकरण प्रसाद कलवार ( सन्तु ) र प्रदेश सभा सदस्य क का उम्मेदवार बिक्रम खनालले पनि आ आफ्नो क्षेत्रमा चुनाबी प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेका छन् ।