अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराउँदैछ : तालिबान

73

काबुल — अफगानिस्तानको आर्थिक कारोबारमा रोक लगाइएकोमा आपत्ति जनाउँदै तालिबानका नेता तथा अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘जब देशमा आर्थिक संकट बढिरहेको छ तब विश्व मौन छ ।’

काबुलस्थित पत्रकारहरूसँग बोल्दै बरादरले अफगानिस्तानमा बढ्दै गरेको आर्थिक संकटले यस क्षेत्रसँगै विश्वलाई नै प्रभावित पार्ने बताएका छन् । उनले अमेरिकाले अफगानिस्तानबाट फर्किएपछि आर्थिक संकट उत्पन्न गर्न खोजेको बताए ।

‘जुन रकममाथि अमेरिकाले रोक लगायो त्यो अफगानिस्तानको थियो वा घानी ? उक्त रकम सरकारी अधिकारीको नभएर अफगानिस्तानका जनताहरूको हो भनेर अमेरिकालाई विश्वले किन भनिरहेको छैन ?’ बरादरले भने ।

यस्तै अफगानिस्तानमा आर्थिक संकट हरेक दिन बढ्दै गरेको बरादरले बताए । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीको प्रतिक्रिया आएलगत्तै अफगान नेता बारादरले यस्तो बताएका हुन् ।