सुस्ताका विनाेद पक्राउ, २ जनाकाे उद्धार

65

सहबान अन्सारी, २९ माघ ।

सुस्ताका १९ वर्षे बिनोद बिकलाइ नवलपरासी प्रहरीले पक्राउ गरि कार्वाही चलाएकाे छ । सशस्त्र प्रहरीले भारततर्फ जादै गरेकाे अवस्थामा २ जना युवती सहित उनलाइ झुलनीपुर नाकाबाट पक्राउ गरेकाे प्रहरी निरिक्षक सन्तोष खरेलले बताए ।

पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका वडा नं. ३ बस्ने १९ बर्षिय बिकले आफ्नो साथमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ३ बस्ने २६ बर्षिया युवती र दोलखाको पिकु गाउपालिका वडा नं. १ बस्ने २७ बर्षिया गरि दुई जना युवतीहरुलाई भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले फेला पारेकाे हाे ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ पछि ति युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सुचना अधिकारी माधव रेग्मीले बताए ।

उक्त ब्यक्तिहरुलाई आशंकामा नियन्त्रणमा लिई थप अनुसंधान तथा आवश्यक ब्यवस्थापनको लागी नेपाल प्रहरी तथा माईती नेपाललाइ बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

ति दुबै युवतीहरूलाइ सनिवार प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित झुलनीपुर नाकाबाट उद्धार गरिएको हो ।