गण्डक नहरमा सवारी दुर्घटना, २ जना घाईते

84
Photo of helmet and motorcycle on road, the concept of road accidents

सहबान अन्सारी, २९ माघ ।

नवलपरासीमा मोटरसाईकल दुर्घटनामा परि २ जना गम्भिर घाईते भएका छन् । झुलनीपुर त्रिबेणी सडकखण्डमा सनिवार प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरामा भएकाे सवारी दुर्घटनामा प्रतापपुर वडा नं. ६ बस्ने अन्दाजी ३५ वर्षिय राजेश केवट गम्भिर घाईते भएका छन ।

भारतीय सीमातर्फबाट उत्तर तर्फ जादै गरेको युपी ५६ ए यल १५१४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउंदै गरेको लु २ प २०५४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्किदा केवट घाईते भएका हुन् । घाईते केवटलाई उपचारको लागी मेडिकल कलेज भैरहवा पठाईएको छ । उनकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएको छ ।

अर्को मोटरसाईकल चालक नाम वतन नखुलेको ब्यक्ती गम्भिर घाईते भई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।