राउत सप्तरी २ बाट चुनावी मैदानमा उत्रिने पक्का

काठमाण्डाैं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकाे क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।

Advertisement

गएकाे निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन् । 

डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ ।

निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका हुन् । के छ अवस्था ? यो निर्वाचन क्षेत्रमा ४ वटा पालिका छन् । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी -लोसपा) तथा जसपा र कांग्रेस एक/एक पालिकामा निर्वाचित भएका छन् । सदरमुकाम राजविराज नगरपालिकामा जसपा, सिके राउतको घर भएको महादेवासहित छिन्नमस्ता गाउँपालिकामा लोसपा र तिलाठी-कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

राउतको घर भएको महादेवाको वडानम्बर-२ मा भने उनकै पार्टी जनमत विजयी भएको छ । जिल्लाभर जनमतले दुई पालिका हनुमाननगर र बलान बिहुल जितेको छ तर उनले चुनाव लड्ने घोषणा गरेका क्षेत्र नम्बर २ मा पर्दैनन् । स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै दलहरू लोसपा र कांग्रेसभन्दा कमजोर देखिएछन् ।

बिज्ञापन
green_resturant_ad