नवलपरासी, भदाै ३० ।
नवलपरासी (पश्चिम) प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक मनोज कुमार यादव हाजिर भए पश्चात मिति २०७८।०५।२९ गते सम्म ( साढे २ महिनाको अवधीमा) २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व दाखिला भएको छ ।
प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट यस अवधिमा २ करोड १३ लाख २९ हजार ४ सय ११ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान (हरियो केराउ, बिभिन्न किराना सामान, हाडवरको सामान,लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा आदि) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको छ ।
त्यसैगरी यस अवधीमा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १५ वटा ट्याक्टर, २ वटा JCB समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको छ, जसबाट ३ लाख ५ हजार मुल्य बराबर राजश्व दाखिला भएको छ । साथै यसै अवधीमा प्रहरीले ३२ लाख ९० हजार श्रोत नखुलेको रकम सहित २ जना व्यक्तीलाई पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ ।
त्यसैगरी यसै अवधीमा प्रहरीले २० हजार ८ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ । यसरी यस अवधीमा अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, श्रोत नखुलेको रकम तथा अवैध काठ समेत गरी कुल जम्मा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व दाखिला भएको छ ।
त्यसैगरी यसै अवधीमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा ७ वटा लागुऔषध मुद्धा दर्ता भएका छन भने सोही अवधिमा प्रहरीले १० के.जी. चरेश, १३१ एम्पुल डाईजापाम, १३१ एम्पुल नुफिन, १३१ एम्पुल फेनारगन, २२५ ट्याब्लेट नाईट्राभेट, २६१ क्याप्सुल स्पास्मो, ८ सि.सि. कोरेक्स लगायतका लागुऔषध सहित १२ जना मानिस पक्राउ गरी लागु औषध मुद्धामा मुद्धा दर्ता गरी कानुन बमोजिम कारबाही गरिएको छ ।
यसै अवधीमा नवलपरासी (पश्चिम) प्रहरीले १० जना फरार अभियुक्त पक्राउ गरी सम्मानीत अदालतमा बुझाएको छ ।
साथै प्रहरी उपरीक्षक मनोज कुमार यादव मिति २०७८।०३।१३ गतेदेखि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।




