2.4 C
New York
Wednesday, November 29, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

मदारबाबा मेलाको तयारी पुरा

spot_img

हिन्दुमुस्लिमको संयुक्त आस्थाको केन्द्र बिन्दु मदारबाबापश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ को महलबारीमा मूख्य दरगाह ( केन्द्र ) रहेकाे मदारबाबा मेला माघ २७ गते सुक्रवार देखि शुरू हुदैछ, यसका लागि आवश्यक सबै तयारी पुरा भएकाे मदारबाबा मेला व्यवस्थापन समितिले जनाएकाे छ ।

कुतबुल मदरशाह दरगाह महलवारीका मठाधिश बाबा अमिरूल्ला अन्सारीले दिएकाे जानकारी अनुसार माघ २७ गते दरगाहमा पुजाअर्चना पश्चात् दलबल तथा बाजागाजाका साथ मदारबाबा पहाड स्थित मजारमा पुग्नका लागि दरगाहबाट प्रस्थान गर्ने कार्यक्रम तय गरिएकाे छ । मठाधिश मजारमा पुगेपछि पुजाअर्चना गरि भक्तजनका लाागि पुजाअर्चना गर्न खुल्ला गरिने प्रचलन छ ।

मेलामा नेपालको नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु विभिन्न जिल्लाका साथै भारतको बिहार, उत्तरप्रदेश, दिल्ली, महाराष्ट्र अन्य राज्यबाट श्रद्धालुहरू आउने गर्छन् । मेलामा यसवर्ष करिब १० लाख श्रद्धालु भक्तजन दरगाहमा पुग्ने अपेक्षा दरगाह कमिटिले गरेकाे छ ।

पसलै पसलले सजिसजाउ भएकाे सुस्ता २ स्थित दरगाह नजिककाे मेला

मेलामा श्रद्धालुहरुको सहजताको लागि खानेपानी, शौचालय, गाडी पार्किङ्ग, निशुल्क औषधि, शान्ति सुरक्षा र रात्री बासको व्यवस्थापन गरिएको छ । मेलामा आउने श्रद्धालुहरूलाई विभिन्न सामग्रीहरु खरिद गर्नका लागी मदरबाबा मेलामा सानो ठुलो गरि करिब ३ हजार पसलहरु सञ्चालनमा आइसकेका छन् ।

बिक्रीका लागि तयारी अवस्थामा रहेका साना ठुला व्यावसायीका पसलहरू

मुख्य दरगाह रहेकाे सुस्ता २ महलबारीदेखी करिब ९ किलोमिटर माथी मदारी डाडा पहाडमा रहेको मजारमा पुगेर दर्शन गर्न पाउनु भक्तजनका लागि साैभाग्यकाे कुराे हाे, मजारमा पुजा गर्न पाउनु, भाले तथा चद्दर चढाउन पाउनुले, शारीरिक कष्टबाट छुटकारा पाउनुका साथै निःसन्तान दम्पतीको सन्तान हुने, शरीरमा रहेका विभिन्न रोग ब्याधीहरु निको हुने र भुत प्रेत जस्ता संकटबाट मुक्ति पाउने विश्वास गरिएकाे कुतबुल मदरशाह दरगाह महलवारीका मठाधिश बाबा अमिरूल्ला अन्सारीले बताए ।

मदारबाबाका मठाधिश अमिरूल्लाह अन्सारी

काेराेनाकालमा याे मेला सञ्चालन हुन नपाएकाेले विगत लामाे समयदेखि यहा पुग्न तम्सिएका भक्तजनहरूकाे उपस्थितिले मेलामा भक्तजनकाे संख्या धेरै रहने विश्वास गरिएकाे छ । जसले व्यापारीमा उत्साह देखिन्छ । व्यापारीहरू एकहप्ता अगावैदेखि अस्थायी स्थान सुनिश्चित गरी पसल व्यवस्थापनमा लागि परेका छन् ।

दरगाहमै चाैबिसै घण्टा तयारी अवस्थामा राखिएकाे एम्बुलेन्स

मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन नवलपरासी पश्चिम र पुर्वी दुबै जिल्ला प्रशासनले बैठक गरि सुरक्षा बन्दाेबस्त चुस्तदुरूस्त बनाउने भएकाे छ । पहाडी बाटाे भएकाले अवस्था पिर आएमा विरामीलाइ तत्काल उपचार दिनका लागि अस्थायी शिविर तथा एम्बुलेन्सकाे व्यवस्था गरिएकाे छ । मेलामा चाैबिसै घण्टा एम्बुलेन्स उपलब्ध रहने व्यवस्था गरिएकाे छ ।

शिवरात्रीकाे दिन मजारमा मेला समापन गरि महलवारी स्थित दरगाहमा फर्केपछि मध्यराती विधिवत रुपमा मेलाकाे अन्त्य गर्ने परम्परा अनुसार यसवर्ष पनि मेला अन्त्य हुने मठाधिश अन्सारीले बताए ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme