11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

कपिलवस्तुमा पत्रकार महासंघ सदस्यताको लागि संघर्ष समिति गठन

- Advertisement -

कपिलवस्तु ।
नेपाल पत्रकार महासंघको सदस्यताका लागि कपिलवस्तुमा संघर्ष समिति गठन गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा शनिबार बसेको भेलाले क्रियशिल पत्रकार सुशील गैरेको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।जिल्लाका विभिन्न मिडियाहरुमा कार्यरत क्रियाशील पत्रकारहरुले महासंघको सदस्यता नपाएपछि संघर्ष समितिमार्फत सदस्यताका लागि माग गर्ने भन्दै समिति गठन गरिएको जनाइएको छ ।
संघर्स समितिको सह संयोजकमा माया बस्नेत, सदस्यहरु राम अवतार चौधरी, सम्भु विक, शत्रुघन खरबिन्द, केशव बेल्वासे, सिर्जना आर्चाय, दिपिका सुनार, लगायत रहेको समिति गठन गरीएको छ ।
यसैगरी क्षेत्रगत रुपमा पत्रकारहरुको डकुमेन्ट जम्मागरी महासंघमा पेश गर्नका लागि क्षेत्रगत जिम्मेवारी प्रदान गरीएको छ । क्षेत्र नं १ का लागि पशुपति गिरी, क्षेत्र नं २ का लागि सत्रुधन खर्बिन्द र क्षेत्र नं ३ का लागि घनस्याम भरलाइ जिम्मेवारी प्रदान गरीएको छ ।जिल्लामा महासंघको सदस्यता नपाएका ३५ बढी श्रमजीवी पत्रकार रहेका छन् ।
लामो समयदेखि क्रियाशील भइ रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन मिडियाहरुमा आबद्ध हुँदा पनि महासंघले क्रियाशील पत्रकारलाई पहिचान गर्न नसकेको संघर्ष समितिले ठहर गरेको छ । क्रियाशील श्रमजीवी पत्रकारलाई पहिचान गरी महासंघले सदस्यता दिनुपर्ने समितिले माग गरेको संयोजक गैरेले बताए ।
श्रमजीवी पत्रकारलाई महासंघले पहिचान गर्न नसक्दा जिल्लामा हुने गरेको अवैध क्रियाकलापलाई नियन्त्रण गर्न नसकेको संयोजक गैरेको भनाइ छ । राजनैतिक हाबीले महासंघको सदस्यता प्राप्त गरेका गैरपत्रकारहरुले लुटतन्त्र मचाएको आरोप लगाउँदै निष्पक्ष रुपमा सदस्यता दिन नसकेको उनले जनाए । सक्रिय मिडियाकर्मीहरुलाई महासंघले सदस्यता नदिए आन्दोलनका कार्यक्रम सशक्त रुपमा अगाडी बढाउने समितिले जनाएको छ ।
यस्तै महासंघको सदस्यता वितरण गर्दा पेशागत पत्रकार भन्दा गैरपत्रकारले सदस्यता पाएको भन्दै विभिन्न संगठनले प्रेस विज्ञप्तिमार्फत विरोधसमेत जनाएका थिए । जसमा प्रेस चौतारी कपिलवस्तु, प्रगतिशील पत्रकार संघ र समाजवादी प्रेस संगठनका पदाधिकारीको हस्ताक्षरित संयुक्त रुपमा गत पौष ५ गते एक विज्ञप्ति जारी गरिएको थियो ।
उक्त विज्ञप्ति अनुसार पत्रकार महासंघ जिल्लामा केन्द्रको हवाला दिँदै सदस्यता रुपान्तरण गरिएको केन्द्रीय समितिको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला शाखा कब्जा गर्ने रणनीति अनुरुप अधिकांश गैरपत्रकारलाई केन्द्रका ती सदस्यीयहरुलाई कुनै मिडियामा आबद्ध नभएका नेता पत्रकारका आसेपासे श्रीमती, ससुरा, भाइ भतिजो, पार्टीका कार्यकर्ता, सरकारी कर्मचारी लगायत भएकाले महासंघको विधान अनुसार सदस्यता मापदण्ड नपुगेकाले अभिलेख राख्न नहुने माग गर्दै तत्काल खारेजीको माग समेत गरेको थियो ।
यसरी पत्रकार महासंघमा भएको बेथितिलाई हटाउने र क्रियशिललाई महासंघमा आबद्ध गराउन संघर्ष समितिले जोडदार माग गरेको छ । श्रमजीवी पत्रकारले शुद्धीकरणको माग गर्दै स्थान पाउनुपर्ने जिल्ला र प्रदेश पत्रकार महासंघमा संघर्ष समितिले अनुरोध समेत गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme