भुकम्प सम्बन्धि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

0
44
बिज्ञापन

उमेश बि.क

२८ फागुन ।  नवलपरासीको सुस्ता गाउँपालिका स्थित राष्ट्रिय मा.बि छिबनिमा भुकम्प सम्बन्धि बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ।

Advertisement

बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा “भुकम्पबाट सुरक्षित हुनका लागि हाम्रो भुमिका” बिषयमा बालबालिकाहरुलाई भुकम्पबाट सचेत गराउनकाे लागि बक्तृत्वकला प्रतियाेगिता गरिएको हाे।

ग्रिन बाल क्लबकि अध्यक्ष अनु अर्यालकाे अध्यक्षतामा तथा राष्ट्रिय मा.बि छिबनिकाे सहायक प्र.अ घनश्याम यादवकाे प्रमुख अातिथ्यतामा भुकम्प सम्बन्धि बक्तृत्वकला प्रतियाेगिता अाज सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै राष्ट्रिय मा.बि छिबनिकाे सहायक प्र.अ यादवले भुइचालो अाफैमा प्रकाेप हाेइन ।

यसले अाफै मानिसलाई मार्दैन । याे बाढी पहिराे जस्तो बारम्बार पनि अाउदैन तर यसले पृथ्वीमा अचानक तहल्का मच्चाएर जान्छ ।यसबाट धेरै धनजनको क्षति भई प्रकाेपकाे अवस्था सृजना गर्दछ। भुकम्प अाउदा अाफु र अाफ्नाे परिवारका लागि सुरक्षित ठाउँ पता लगाउनुपर्छ । टेबुल र अन्य कुनै कस्तु मुनि बस्नु उपयुक्त हुन्छ ।

सुरक्षितसाथ खुल्ला स्थानमा जानुपर्छ। भुकम्प बारे परिवारमा जानकारी गराउने भन्ने कुरामा जाेड दिनु भएको थियोे । साे बक्तृत्वकला प्रतियाेगितामा राष्ट्रिय मा.बि छिबनिका कक्षा ६ देखि कक्षा ९ सम्मको ११ जना बिद्यार्थीहरुले बक्तृत्वकला प्रतियाेगितामा भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम कक्षा ७ का अाशिष रिजाल द्धितिय कक्षा ८ कि रिमा रेग्मी तृतीय कक्षा ९ का कृष्ण भुषाल सान्त्वना कक्षा ८ कि सरस्वती भुषाल हुनुभएको छ । बिजेता हुनेलाई डायरी र डटपेन पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रिय मा.बि काे शिक्षक अर्जुन प्रसाद पान्डेय, जयराम राजभर, माेहन चाैधरी, बिकल्पका स्वास्थ्य परिचालिका कमला फुल्देल, उमेश बि.क, बिष्णु अधिकारी लगायतले बाेल्नु भएकाे थियो ।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad