11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

प्रधानमन्त्रीकाे चेतावनीः मंसिरभित्र थप काम शुरू नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्ने

- Advertisement -

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा ताकेदा गर्न काठमाण्डाैं पुगेकाे प्रतिनिधिमण्डलसित प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार कम्पनीले ​मंसिरभित्र सडक निर्माणमा थप काम शुरू नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्ने सम्मको आश्वासन प्रतिनिधिमण्डलसित दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्तिक २९ गतेका दिन उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरू नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताएर जनप्रतिनिधिहरूलाइ आश्वस्त पारेका हुन् ।​


विश्वसनीय रूपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौं, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरूपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौं ।’ ​

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवल–नारायणढ सडक विस्तारको ठेक्का पाएको छ ।

सडक विस्तारको काम २०७९ साउनमै सम्पन्न गर्नुपर्ने गरी उसले २०७४ मा ठेक्का पाएको थियो ।

तर २०८१ को कात्तिक सकिँदासम्म सडक निर्माणको काम ५२ प्रतिशत मात्र पूरा भएको छ ।

चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीका कारण राजमार्गबाट यात्रा गर्ने र सडक आसपासका जनताले सास्ती व्यहोर्नु परेको भन्दै संसद्‌मा पटक-पटक आवाज उठ्ने गरेको छ । 

नवलपरासी (सुस्ता पश्चिम)का जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।प्रतिनिधिमण्डल सहितकाे छलफलमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सांसद, जनप्रतिनिधि लगायतको सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme