2.4 C
New York
Sunday, February 15, 2026

Buy now

spot_img
spot_img

प्रतापपुर गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, ७६ करोड बढीको बजेट सार्वजनिक

- Advertisement -

✍️ पप्पु रेग्मी, पश्चिम नवलपरासी
बर्दघाट,  ८ असार २०८२ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको १८औँ गाउँसभा आइतबार गाउँपालिकाको केन्द्र बेलाटारीमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो।
सभामा बोल्दै, अध्यक्ष यादवले कृषिमा आत्मनिर्भरता बढाउने उद्देश्यसहित कृषकका खेतमा सिचाइका लागि विद्युत मिटर जडान गर्ने र त्यसको महसुल गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था गरिने बताए। साथै, किसानलाई केरा जोन स्थापना गरी आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गरिने जानकारी गराए।
शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत प्राथमिकता दिइएको बताउँदै अध्यक्ष यादवले माध्यमिक विद्यालयहरूमा प्राविधिक शिक्षा सञ्चालन गर्ने र जेहेन्दार, गरिब, दलित विद्यार्थीहरूलाई छात्रवृत्तिद्वारा प्रोत्साहन गरिने बताए। स्वास्थ्य सेवामा सुधार ल्याउन “एक गाउँ, एक स्वास्थ्यकर्मी” कार्यक्रम सञ्चालन गरिने र उपाध्यक्ष कोसेली वितरण कार्यक्रममार्फत महिलामैत्री पहल अघि बढाइने जानकारी दिइयो।
बालविवाह नियन्त्रणमा योगदान पुगोस् भनेर उमेर पुगेकी छोरीको विवाहमा सहुलियत स्वरूप आर्थिक सहयोग २१ हजार रूपैयाँ प्रदान गरिने नीति ल्याइएको छ। यस्तै, उद्योग स्थापनामा प्रोत्साहन दिन ५ लाखभन्दा बढी लगानीका उद्योगमा ५ वर्षसम्म सबै कर छुट दिने नीति सार्वजनिक गरिएको छ।
गाउँपालिका स्तरमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन गर्न “दिगो रोजगारी अभियान” सञ्चालन गरिनेछ। प्रत्येक वडामा खेलमैदान निर्माण गरिने र “अध्यक्ष कप” खेलकुद प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ।
सभामा उपाध्यक्ष मानकुमारी चौधरीले आगामी आर्थिक वर्षका लागि ७६ करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन्। कुल बजेटमध्ये ५२ करोड ५० लाख २२ हजार (६८.७२%) चालु खर्च र २३ करोड ८९ लाख ४५ हजार (३१.२८%) पूँजीगत खर्चका रूपमा विनियोजन गरिएको छ।
आन्तरिक आम्दानी ३ करोड रुपैयाँ रहने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ भने बाँकी खर्च संघीय सरकार तथा अन्य साझेदार स्रोतबाट जुटाइने बताइएको छ।
आजै सरावल गाउँपालिका र सुस्ता गाउँपालिकाले पनि आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे बताईएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme