23.4 C
New York
Tuesday, May 26, 2026

Buy now

spot_img
spot_img

पूर्वपश्चिम राजमार्ग चार दिनदेखि बन्द, हजारौं यात्रु अलपत्र

- Advertisement -

✍️ पप्पु रेग्मी, बर्दघाट – ६ असार २०८२

निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड लगातार चार दिनदेखि बन्द भएको छ।
नवलपुरको दुम्किबासस्थित विनयी खोलाले डाइभर्सन बगाएपछि र दाउन्नेको उकालोमा पहिरो जाँदा सडक सञ्चालनमा आउन नसकेको हो।

२४ घण्टामा केही घण्टा सवारीसाधन चलाउने प्रयास गरिए पनि वर्षाका कारण अवस्था अझै सामान्य बन्न सकेको छैन।
दुवै दिशातर्फ सवारीसाधनको १०/१० किलोमिटर लामो लाइन लागेको छ भने यात्रुहरू गाडीमै रात बिताउन बाध्य छन्।

भोक, प्यास र थकानसँग जुधि रहेका यात्रुहरूमध्ये महिला, बालबालिका, जेष्ठ नागरिक र बिरामीहरूको अवस्था झनै कठिन बनेको छ।
एक यात्रु गीता न्यौपानेले चाउचाउ र बिस्कुट मात्रै पाइए पनि अत्यधिक महँगो भएकाले खानपिनमा समस्या भएको बताइन्।

सडक जाममा परेका यात्रुहरूको कठिनाइलाई मध्यनजर गर्दै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लिमिटेडले संस्थाको कार्यालय परिसरमा रहेको शौचालय नि:शुल्क रूपमा खुला गरेको जनाएको छ।

संस्थाका अध्यक्ष दीपक लम्सालले “दाउन्ने वारी बर्दघाट क्षेत्रमा रोकिएका यात्रुहरूको अवस्था निकै दयनीय देखिएकाले तत्काल नि:शुल्क खानेपानी र शौचालय सेवा उपलब्ध गराइएको” जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय नवलपुरले सूचना जारी गर्दै बुटवल–नारायणगढ सडक खण्ड प्रयोग नगर्न, र अति आवश्यक काम परेमा मात्र यात्रा गर्न सुझाव दिएको छ।

सडक विस्तारको काम भइरहेको अवस्थामा डाइभर्सन बगाएपछि यात्रुहरूको समस्या थपिएको हो।
खाना, पानी लगायतका सामग्रीको मूल्यवृद्धि यात्रुहरूको थप पीडा बनेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme