पत्रकार वीरेन्द्र केएम सुनसरी कांग्रेसकाे सिफारिशमा

37

काठमाण्डाैं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे निर्वाचनमा उम्मेदवार बन्नका लागि नेपाली कांग्रेस सुनसरीले पत्रकार विरेन्द्र केएमको नाम सिफारिश गरेकाे छ । केएम सुनसरी २ (ख) बाट प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्षतर्फकाे उम्मेदवारकाे रूपमा सिफारिस गरिएका हुन् ।

राष्ट्रिय स्वाधिनताको पक्षमा वकालत गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा नेपालको तर्फबाट डिभेड गर्ने केएम काठमाडौं स्थित सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका प्रमुख हुन् । २२ वर्षदेखि पत्रकारितामा आवद्ध ३८ वर्षे केएम संघीयता विज्ञ पनि हुन् ।

प्रदेशको अधिकार तथा संवैधानिक संरचनाको ज्ञाता समेत रहेका केएम राजनीतिशास्त्र, पत्रकारिता र कानूनका विद्यार्थी हुन् । सामाजिक अभियन्ता समेत रहेका केएम रैथाने मधेशीको पक्षमा वकालत गर्दै आएका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीका अनुसार पार्टीको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएपछि केएमको नाम प्रक्रिया अनुसार प्रदेश हुँदै केन्द्रिय कार्यसमितिमा पुगेको छ ।

“टिकट दिने/नदिने वा कसलाई दिने त्यसको छिनोफानो अब ससंदीय समितीले गर्नेछ” सभापति भण्डारीले भने तर केएमजी योग्य उम्मेदवार हुन् । अहिलेको समयको माग अनुसारका उहाँ दक्ष युवा उम्मेदवार हुनुहुन्छ, जनतामा उहाँको लोकप्रियता पनि रहेको छ, अब हेरौं के हुन्छ ।”

सभापति भण्डारीका अनुसार प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारहरुको नाम कांग्रेसको केन्द्रिय संसदीय बोर्डमा पुग्ने प्रावधान छ । उक्त बोर्डले टिकटको छिनोफानो गर्नेछ । साभारः नागरिक टाइम्स