पाल्हिनन्दनमा खिचडी खुवाउदै मनाइयो मकर संक्रान्ति

53

रंजीत शर्मा, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ३ कुश्मामा मकर संक्रान्ति पर्वको अवसरमा सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा खिचडी खुवाँउदै उत्सवकाे रूपमा मनाइएको छ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा गरिएको कार्यक्रममा खिचडी खुवाउदै माघे संक्रान्ति पर्व मनाइएको छ। हिन्दु स्वयंसेवक संघ नेपाल पाल्हीनन्दनद्वारा आयोजित मकर सक्रान्ति उत्सव-२०७९ उद्दघाटन समारोह हिन्दू स्वयंसेवक संघ नेपाल पाल्हिनन्दनका नगर संघ चालक गुड्डुको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैंजु प्रसाद गुप्ता ( दीपक ) को प्रमूख अतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले धर्म सँस्कृतिको रक्षा गर्न हामी सबैको जिम्मेवारी रहेकोले आ आफ्नो तर्फबाट योगदान दिन आग्रह गरेका छन्। हिन्दू धर्मको एक महत्वपुर्ण पर्व माघे संक्रान्ति अर्थात् खिचडी रहेकोले यसलाई भव्यतापूर्वक मनाउन आग्रह गरे। पालिका बाट हुने सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। कार्यक्रममा मुख्य वक्ताका रूपमा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-सेवा प्रमूख उमा शंकर पाठक,विशेष अतिथिका रुपमा वार्ड अध्यक्ष गोधन हरिजन, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघ नेपालका लुम्बिनी प्रदेशका सभाग कार्यवाहक रविकान्त उपाध्याय, श्री बिरेन्द्र कुवंर, सिद्धार्थ मा.वि.का प्रधानाध्यापक रविन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो।

माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति अथवा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ।

यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ। माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु,पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिमा सुनाउँछन्। शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।