पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधन

30

कास्की – नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतवार भएको विमान दुर्घटनामा परि निधन भएको छ । ६८ जना यात्रु लिएर काठमाण्डाैबाट पोखरा आएको यति एअरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोँचमा दुर्घटनामा परेको थियो ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनबाट निर्वाचित भइ केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे थियाे । 

पाैडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गर्नुभएकाे थियाे । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा समेत काम गर्नुभएकाे थियाे । 

उहाँ पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक र सम्पादक पनि हुनुहुन्थ्याे । पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुनुहुन्थ्याे । उहाँका श्रीमती र एक छोरा छन् ।