नेवि संघ नवलपरासीको भेला भुमहीमा सम्पन्न

श्याम थापा, भुमही २ मंसिर ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति नवलपरासीको भेला सुनवल नगरपालिका वडा न १२ भुमहीमा सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष राजेश पौडेलको अध्यक्षयतामा र नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य रामचन्द्र भट्टराईको प्रमुख अतिथ्यतामा भएको भेलामा हाल हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउनको लागि विभिन्न रणनीति बारे छ्लफल भएको थियो ।

साथै भेलाले नवलपरासी जिल्ला बर्दघाट पश्चिममा रहेको निर्वाचन क्षेत्र न १ र २ मा नेपाली काङ्ग्रेस पार्टी बाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने उम्मेदवारहरुलाई बिजयी बनाउन र नवलपरासी जिल्ला बर्दघाट पश्चिममा नेपाली काङ्ग्रेस मय बनाउनको लागि र नेपाली काङ्ग्रेस पार्टीलाई प्रचारप्रसार कार्यमा सहयोग गर्नका लागि प्रचारप्रसार समिति गठन गरिएको छ ।

जिल्ला संयोजक का लागि दधिराम पौडेल रहनु भएको छ । भने त्यसै गरि प्रतिनिधि सभा १ मा नारायण भण्डारी र प्रतिनिधि सभा २ मा शिव कुमार गुप्ता निर्वाचन क्षेत्र न.१ क को संयोकोमा योगेन्द्र भट्टराई,सहसंयोजक कमल बस्याल,निर्वाचन क्षेत्र न १ ख को संयोजकमा अनोज यादव,सहसंयोजक गोबिन्द पाठक र निर्वाचन क्षेत्र न.२ क को संयोजकमा शिशिर चापागाईं,सहसंयोजक ईमामुल अलि, निर्वाचन क्षेत्र न २ ख को संयोजकमा धिरज हलुवाई, सहसंयोजक ईबरान अलि रहेका छन । भेला कातिक २१ मा सम्पन्न भएकाे हाे ।