बिज्ञापन

उमेश बि.क, २१ माघ

नवलपरासीको सरावल गाउँपालिका वडा नं.५ बडहरामा श्री श्री १०८ सप्तचण्डी महायज्ञ अाजदेखि सुरु भएको छ । बडहरा गाउबासीकाे अायाेजनामा देवस्थल निर्माण तथा हिन्दु धर्मको रक्षा र स्थानीय क्षेत्र विकाशका लागि महायज्ञ सुरु गरिएको हाे।

Advertisement

महायज्ञका संयाेजक शंकरप्रसाद चाैधरीकाे संयाेजकत्वमा तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासीको कार्यबाहक सभापति अर्जुन प्रसाद पाेख्रेलकाे प्रमुख अातिथ्यतामा महायज्ञ सुभारम्भ भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासीको कार्यबाहक सभापति पाेख्रेलले हिन्दु धर्मको रक्षाकाे निम्ति महायज्ञ ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको छ। साथै नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलाे भुमिका खेल्ने गरेकाे छ ।

महायज्ञ तथा कलशयात्रामा नेपाली काङ्ग्रेसका महासमिति सदस्य अनिल गाैड, क्षेत्रीय सभापति मुकुल अाचार्य, क्षेत्रीय सदस्य शिला सापकोटा, बुद्धज्याेति अधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गंगा चाैधरी, बुद्धज्याेति अधारभुत बिद्यालय प्र.अ बिनाेद पाण्डे, सिदार्थ मा.बि गाेबरहिया शिक्षक प्र.अ सुखाडि प्रसाद चाैधरी लगायत विभिन्न बिद्यालयका बिद्यार्थी, समाजसेवी, स्थानीय बासिन्दा तथा बडहरा गाउँबासिकाे सहभागीतामा कलशयात्रा सुभारम्भ भइ सम्पन्न भएको हाे।

२९ गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञ ५०० भन्दा बढी संख्यामा बिशाल कलशयात्रा बडहराकाे काेटहिमाई मन्दिर हुदै पुनः बडहराकाे काेटहिमाई मन्दिर बडहरामा अाइ कलशयात्रा सम्पन्न भएको महायज्ञ हाे। माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम, प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम, प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम, प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम, प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम, यज्ञ समापन तथा प्रसाद बितरण माघ २९ गते मंगलबार हुने महायज्ञ संयाेजक चाैधरीले जानकारी दिनुभएको छ ।

यज्ञाचार्य प्रवचनकर्ता पन्डित अाचार्य श्री प्रविणानन्द पाण्डेयले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।

Advertisement