चिरपट प्रहार गरि छोराद्वारा आमाको हत्या

0
17

बिन्दु कुमार चौहान, लुम्बिनी १६ असोज ।

लुम्बिनी साँस्कृतिक नगरपालिका ३ पडरिया गाँउमा कान्छा भनिने एहसान मुसलमानले चिरपट प्रहार गरि आफनो श्रीमती नाजमाको हत्या गरि फरार रहेको घटना सेलाउन नपाउदै सोही गाँउमा छोराले पनि चिरपट प्रहार गरि आमाको निर्मम हत्या गरि फरार भएका छन ।
प्रहरी चौकी कालीदहले दिएको जानकारी अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ३ कै १७ बर्षीय संजय कहाँरले असाेज १४ गते शनिवार राति ११ बजे देखि १२ बजे आफूलाई जन्म दिने ३६ बर्षीया आमा कोकिला कहाँरलाई हातखुट्टा बाँधेर टाउकोमा चिरपट प्रहार गरि ज्यान लिएका हुन ।
बाबू रामप्रसाद कहाँरले लुम्बिनी होक्केहोटेलमा राती कुकको काम गर्न गएको बखत छोरा संजयले आमाको चिरपट प्रहार गरि हत्या पश्चात अटैची तोडेर डेढलाख नगद आमाको गरगहना समेत चोरेर फरार भएको घटना स्थलमा पुगेका प्रहरीचौकी कालीदहका प्रहरी नायब निरीक्षक चिन्तामणि न्यौपानेले जानकारी गराए ।
आपराधिक प्रबृतिका छोरा संजयले आमा सँग पैसा माग्दा नपाए पछि रीसको झोकमा टाउकोमा चिरपट प्रहार गर्दा आमा भूईमा ढले पछि हातखुट्टा बाँधेर पैसा चोर्नकै लागि योजनाबद्ध हत्या गरि फरार भएको सई न्यौपानेको आशंका छ ।
मृतक कहाँरको शव भीम अस्पताल भैरहवामा पोष्ट मार्टमका लागि पठाई घटनाका आरोपितलाई प्रहरी द्वारा खोजी गर्नुका साथै आवश्यक अनुसन्धान भईरहेको कुरा प्रहरीले जनाएको छ ।
यद्यपि अपराध गरि अपराधी जहाँ भए पनि प्रहरीले दुईचार दिन भित्रै कानूनी कठघरामा उभ्याउने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले दाबी समेत गरे ।
आफू १४ बर्ष सम्म निःसन्तान छदा श्रीमती कोकिलाकै आग्रहमा झारफूक तथा औषधी उपचारमा चारलाख रकम खर्च पश्चात छोरा संजयलाई पाउदा डेढ लाख पैसाका लागि आमाकै हत्या गरि फरार हने त्यस्तो छोरालाई पक्राउ गरि हदै सम्मको कार्यवाहीका लागि बाबू रामप्रसाद कहाँले माँग समेत गरे ।
मृतक कहाँर दुई छोरा र एक छोरीका आमाको काल अरु कोही नभई बुढेसकालमा पालनपोषण गर्ने आफनै जेठो छोराको हातबाट हत्या गरि आरोपित फरार भए पछि उक्त घटनाको सनसनी का कारण सो क्षेत्रमा आफनै सन्तानबाट आमाहरु असुरक्षित समेत ठान्न थालेका छन ।

Advertisement
Advertisement