झापाको मुसहर बस्तीमा फैलिएको अज्ञात रोगबाट २ को मृत्यु, ९ जना सिकिस्त

5
बिज्ञापन

अज्ञात रोगका कारण झापाको कनकाई नगरपालिका–४ स्थित टेक्रामा मुसहर समुदायका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षिया वसन्ती ऋषिदेव छन् ।

सुरुङ्गा बजारदेखि ४ किलोमिटर दक्षिणमा रहेको मुसहर बस्तीमा फैलिएको रोगका कारण अन्य ९ जना सिकिस्त बिरामी छन् । बिरामी पर्नेमा २७ वर्षीय दुर्गा ऋषिदेव, २४ वर्षीया मेनुका ऋषिदेव, २४ वर्षीया राधा ऋषिदेव, सानु ऋषिदेव, ललिता ऋषिदेव, जीवन ऋषिदेव, सुरे ऋषिदेव, सागर चौधरी र नाम नखुलेका चौधरी थरका एक पुरुष छन् । बिरामीमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

Advertisement

बिरामीहरुलाई कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले सदरमुकाम भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगेको छ । कन्काई नगरका मेयर पोखरेलका अनुसार, बिामीहरुमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या छ । दशैँका बेला रोग फैलिएपछि कन्काईका बासिन्दा चिन्तित छन् ।

सुरुंगा बजारदेखि चार किलोमिटर दक्षिणमा पर्ने मुसहर बस्तीमा फैलिएको रोगका कारण नारायणको तीन दिनअघि नै ज्यान गएको हो । बसन्तीको भने गएराति मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् । सुरुमा टाउको दुख्ने, ज्वरो आउने र रगत बान्ता भएपश्चात मृत्यु भएको मुसहर बस्तीका रामविलास ऋषिदेवले बताए । रामविलासका अनुसार रोग लागेको २ दिनभित्र बिरामीको मृत्यु हुने गरेको छ ।

बिरामीहरुलाई घरैमा राखेर धामीझाँक्रीमार्फत् झारफुक गरिरहेको अवस्थामा उद्धार गरी मेची अञ्चल अस्पताल पुर्याइएको हो । आफ्ना देवता बिग्रिएका कारण यस्तो प्रकारको रोग लागेको मुसहर टोलका अगुवाले बताउँदै आएकाे खबर नयांपत्रिकामा छापिएकाे छ ।