चिनियां मानवअधिकारकर्मी टासीकाे रिहाई माग गर्दै हस्ताक्षर संकलन

0
5
बिज्ञापन

नवलपुर, २७

चिनियां मानवअधिकारकर्मी टाशी वांगचुकको रिहाई माग गर्दै मानवअधिकार क्षेत्रमा कृयाशिल अन्तराष्ट्रिय संस्था एम्नेस्टी ईन्टरनेशनल समुह ४० कावासोती शाखाले हस्ताक्षर संकलन गरेको छ ।

Advertisement

देशभरिबाट संकलित हस्ताक्षर एम्नेस्टी मार्फत चिन सरकारलाई बुझाउने एम्नेस्टी कावासोती शाखा संयोजक घनश्याम वगालेले जानकारी दिनुभयो ।
अमेरिकन पत्रिका न्यूयोर्क टाईम्स पत्रिकामा अन्तरवार्ता दिएका कारण चिनियां सरकारले २ वर्ष देखि टाशीलाई हिरासतमा राखेको थियो । हिरासतमा राखेको २ वर्ष पछि मात्रै उनको मुद्वा कानुनी सुनुवाईका लागि पठाईयो ।

हिरासतमा चरम यातना दिने, परिवारलाई भेट्न समेत नदिने गरेका थिए । पछिल्लो समय टाशीको पक्षमा वहस गर्न वकिलले यो मुद्वा लिन अस्विकार गर्ने र यस विषयमा राष्ट्रिय टेलिभिजनमा समेत सूचना प्रसारण गर्न अस्विकार गरेको तथ्य वाहिर आएको थियो ।

त्यस पश्चात एम्नेश्टीले मानव अधिकारको चरम उलङ्घन गरेको भन्दै मानवअधिकारकर्मी ताशीलाई तत्काल रिहाई गर्न चिन सरकारलाई माग गर्दै हस्ताक्षर अभिायन थालेको एम्नेश्टी ईन्टरनेश्नल कावासोतीका सचिव केबी रानाले जानकारी दिनुभयो ।

सचिव रानाका अनुसार पत्रकार, अधिकारकर्मी, व्यवासायी, राजनीतिज्ञ, संघ–संस्थाका २ सय ५० जनाले हस्ताक्षर गरि आजै एम्नेश्टी कार्यालयमा पठाईएको र देशभरि संकलित हस्ताक्षर २ दिन पछि चिन सरकारलाई बुझाइने छ ।

विद्यालयमा तिब्बती भाषा र संस्कृतिको संरक्षण सम्बन्धि चेतनामुलक न्यायका लागि तिव्वतको यात्रा नामक छोटो वृत्त चित्र निर्माण गरेका थिए ।

चिन सरकारलाई अविश्वास गरेको र विखण्डन जगाउन लागेको आरोप सहित टाशीलाई हिरासतमा लिएको हो । सरकारको अनुमति वेगर सञ्चार माध्यममा कुनै सन्देश प्रवाह गरेमा १५ वर्ष सम्म जेल सजाय गर्न सकिने चिनको प्रावधान छ ।

मानवअधिकारकर्मीहरूमाथि अन्यायकाे याे घटना बढदै गएकाे छ । केही दिन पहिला मानवअधिकारकर्मी मुकुन्दराज कट्टेललाई तमिलनाडुको त्रिचीरपली विमानस्थलबाट भारत प्रवेशमा रोक लगाएको र पुनः थाइल्याण्ड फर्काएकाे थियाे ।
दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad