चिनको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्र प्रभावित, मारमा व्यवसायी

76

काठमाडौं – चीनले कोरोना महामारीलाई कारण देखाउँदै ३० महिनादेखि लगाएको अघोषित नाकाबन्दी अझै खोलेको छैन । २०७६ माघदेखि चीनले नेपालसँगको सीमा नाका बन्द गराएको थियो।

नेपालको पटक–पटक आग्रहपछि विचबिचमा फाट्फुट्ट कन्टेनरहरु आउन दिइए पनि पुर्ण रुपमा नाका खुल्न भने सकेको छैन ।

चिनको अघोषीत नाकाबन्दीले नेपाली व्यवसायी मारमा मात्र परेका छैनन् अर्थतन्त्र नै प्रभावित बनेको छ । नेपाल–चीन व्यापार गर्ने व्यवसायी तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार नाकामा लसुन, ओखर, स्याउहरु, लत्ताकपडा, जुत्ता र इलेक्ट्रिक सामान लगायत बाटोमै रोकिने गरेका छन् । बिग्रिने कुहिने खालका वस्तु समेत रोकिँदा व्यवसायी मारमा छन् ।

दसैँ तिहारका बखत भने केही फलफूल स्याउ र ओखर बढी आउँछ। यसबाहेक तयारी पोशाक उत्तिकै मात्रामा आउँछन्। नेपालमा बढी माग हुने चिनियाँ लत्ताकपडा तन्ना, पर्दाहरु, इलेक्ट्रिक सामान पनि आउने गर्छ। यी सामानहरुको बढी माग दसैँ तिहारमा हुन्छ। यसबाहेक नेपालमा उत्पादन हुने जुत्ताको कच्चा पदार्थ पनि यही समयमा धेरै आयात हुने गरेको छ।

ब्यापारीहरुका अनुसार समयमा सामान नआउँदा बिक्रीवितरणको काम पनि रोकिन्छ। यसले बजारमा वस्तु अभाव हुनसक्छ। अहिलेको नाकाबन्दीले धेरै माग हुने कपडाको अभाव हुनसक्छ। अझ भन्ने हो भने त्रिपक्षीय असर पर्छ।

धेरै वस्तु खपत हुने चाडबाडको समयमा आयात नहुँदा सरकारको राजस्व पनि घट्छ। अर्कोचाहिँ, व्यापारीले बेच्न नपाउँदा घाटा हुने नै भयो। तेस्रो असर उपभोक्तालाई पर्छ। त्यो भनेको महंगी बढ्छ, चाहेअनुसारको वस्तु नै नपाउन सक्छ। त्यसकारण चीनको नाकाबन्दीले त्रिपक्षीय असर परिरहेको छ।