गण्डक नहरमा डुबेर एक युवक बेपत्ता 

35
बिज्ञापन
श्याम थापा
सुस्ता ३१ श्रावण, नवलपरासी ।
नवलपरासी स्थित मुख्य पश्चिमी भारतीय गण्डक नहरमा अाज एक युवक डुबेर बेपत्ता भएका छन् । नहरकाे पानी सुकाएर उनकाे खाेजी भैरहेकाे छ ।
सुस्ता गाउँपालिका वार्ड न २ सत्पती बस्ने जगनारायण चौधरीको छोरा अन्दाजी बर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।
नाग पञ्चमीकाे दिन अाज विहिवार थारु जातीहरुको पुतली पिट्ने र दहन गर्ने चाडको अवसर पारेर नहरमा पुतली पिटि दहन गर्ने क्रममा नहरमा सांझ बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनु भएको छ ।
भारतीय पश्चिमी नहरमा चाैधरीको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले बताउनु भयो ।
Advertisement