काठमाडौं- संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी प्रशासनले सन् २०२० मा अमेरिकामा रहेका ११८ कन्फ्युसियस इन्स्टिच्युटमध्ये १०५ वटा इन्स्टिच्युटलाई बन्द गरियो। नेशनल एसोसिएसन अफ स्कोलर्स (एनएएस) को प्रतिवेदन अनुसार कम्तिमा 28 वटा इन्स्टिच्युटले आफ्नो कन्फ्युसियस इन्स्टिच्युटलाई समान कार्यक्रमको साथ प्रतिस्थापन गरेका छन्।
उक्त प्रतिवेदनका अनुसार कन्फ्युसियस इन्स्टिच्युटका नाममा खुलेका संस्थाहरुले चिनियाँ भाषा र चिनियाँ संस्कृतिको प्रशिक्षण दिने गरेका छन्। उनीहरु अमेरिकामा फेरि रि-ब्रान्ड गर्दै नयाँ थप गरिरहेका छन्। चिनियाँ विदेश मन्त्रालयले यी इन्स्टिच्युटहरुलाई चिनियाँ सरकारको प्रचार संयन्त्र बनाउन थालेपछि तत्कालीन राष्ट्रपति ट्रम्पले बन्द गराएका थिए।
सन् २०२० को १३ अगस्तमा सार्वजनिक विज्ञप्तिमा वाशिङ्टन हेडक्वार्टर रहेका कन्फ्युसियस इन्स्टिच्युटहरुले चिनियाँ विदेश मन्त्रालयको मिसनको रुपमा काम गरेको पाइएकोले बन्द गर्ने निर्णय गरिएको उल्लेख छ। यी संस्थाहरुले अबदेखि वार्षिक प्रतिवेदन संयुक्त राज्य अमेरिकालाई बुझाउनुपर्ने समेत उल्लेख गरिएको थियो। विदेशी नियोगका रूपमा तोकिएका संस्थाहरूले पेश गर्नुपर्नेछ कोष, कर्मचारी, पाठ्यक्रम र अमेरिकामा हुने गतिविधिबारे अमेरिकी सरकारलाई रिपोर्ट गर्नुपर्ने उल्लेख गरिएको थियो।





