आगलागी हुंदा एक घर नष्ट, ३ लाखकाे क्षति

12
file copy

श्याम थापा
सुस्ता २८ मसिंर

बुधवार राती अागलागी हुंदा नवलपरासीमा एक घर जलेर नष्ट भएकाे छ । आगो लागेर करिब ३ लाख बराबरको क्षति भएको प्रहरी चौकी रामनगरका ईन्चार्ज रामसेवक यादवले जानकारी दिनुभएको छ ।

Advertisement

घटना जिल्लाकाे सुस्ता गाउँपालिका वडा न.५ पकलिहवाकाे रामनगरमा भएकाे हाे । राती गोठमा गाई बस्तुहरुलाई धुवा लगाउन भनेर बालेको आगाे सल्केर जगंली बरईको घर सल्केकाे हाे । घरगोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

रामनगर प्रहरी चौकीका प्रहरी जवान र स्थानियबासीको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको स्थानियबासी रुदल लोनियाले बताउनु भयो ।

अागलागीले घर पुर्ण रुपले नष्ट भएको, लताकपडा, खाद्यान्न सामग्री, बिधुतिय सामग्रीहरु जलेर नष्ट भएको छ । मानविय क्षति नभएपनि १ वटा गाई मरेको बरईले बताउनु भयो ।