11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

मुख्य मन्त्री पाण्डेद्वारा निजगढमा निर्माण हुने एयरपोर्टको प्रोजेक्ट निरिक्षण

- Advertisement -

 

चन्दन पटेल

बारा,२९ पुष बारा जिल्लाको निजगढ नगरपालिका स्थित निर्माण हुन लागेको एयरपोर्टको प्रोजेक्ट निरिक्षणको लागि आउनु भएको बागमती प्रदेशका मुख्य मन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेज्यु सहितको टोलिलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरेस खनाल तथा प्रमुख प्रशासकिय अधिकृत सुमन कार्की लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारीहरु स्वागत गरेका थिए।

सो प्रोजेक्ट निरिक्षण कार्यक्रममा यस बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवाल , प्रमुख प्रहरी उपरिक्षक दिलिप सिंह देउवा , सस्त्र बल प्रमुख उपरिक्षक लगायत बिभिन्न निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो।

निजगढमा निर्माण हुन लागेको एयरपोर्ट्को संरचना तथा एयरपोर्टको सुरक्षाका लागि के कसो योजना तथा नितिहरु बनाइएको छ भने बिषयमा बिशेष जनकारीको लागि मुख्य मन्त्री सहितको टोलि आएको कार्यक्रममा उपस्थित प्रमुख प्रशासकिय अधिकृत सुमन कार्कीले बताउनु भएको छ।

उक्त प्रोजेक्ट निरिक्षक कार्यक्रमको अन्तिममा मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेसहितको टोलिलाई नगरप्रमुख सुरेस खनाल तथा प्रमुख प्रशासकिय अधिकृत सुमन कार्किले मायाक चिनो हस्तान्तरण गरेका थियो। सोही कार्यक्रममा उपस्थित बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,बारा प्रहरी उपरिक्षक दिलिप सिंह देउवा तथा सशस्त्र बल उपरिक्षक लगायत विभिन्न निकायका प्रमुखहरुलाई पनि मायाको चिनोले सम्मान गरिएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme