8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

व्यावसायिक सुरक्षाको माग गर्दै सुनचाँदी व्यावसायी आन्दोलित

- Advertisement -


बर्दघाट ।
सुनचाँदी व्यवसायीहरुले राज्यले सुरक्षा दिन नसकेको भन्दै आइतवार ईलाका प्रहरी कार्यालय बर्दघाटमा नाराबाजी गरेका छन् ।
सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनार सहित ब्यवसायीहरुको एक समुहले शान्तिसुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा नारा जुलुस गर्दै प्रहरी निरीक्षक भिम बहादुर कार्कीको राजीनामा समेत मागेकाे छ।
आक्रोशित व्यवसायीहरुले प्रहरी प्रमुख राजीनामा दे, ब्यवसायीको शान्ति सुरक्षा कायम गर, ब्यवसायीक एकता जिन्दाबाद जस्ता नाराहरु लगायका थिए ।
सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु असुरक्षित हुने घटना बढेको र प्रहरीले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउनुभयो । उहाँले आइतवार देखि जिल्लाका सबै सुनचाँदी पसल बन्द गरेर आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो ।
संघका निर्वतमान अध्यक्ष राजेन्द्र सुनारले केही समय आगाडी गोपीगंज बजारमा पनि सुनचाँदी पसल तोडफोड गर्ने काम भएपनि प्रहरीले हाल सम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताउनुभयो । पटक पटक ब्यवसायीहरु असुरक्षित हुदाँ समेत प्रहरीले त्यस तर्फ खासै चाँसो नदिएकोले यो घटना दाेहाेरिएको उहाँको भनाई थियो ।
६५ वर्षीय गजेन्द्र विश्वकर्मा सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा बजारमा रहेको न्यु धौलागिरी सुनचाँदी पसल बन्द गरि शनिबार बेलुका बर्दघाट घर तर्फ फर्कने क्रममा उहाँ माथि गोली प्रहार भएको थियो ।विश्वकर्माको साथमा रहेको झोला र उनले प्रयोग गरेको लु ४८ प ७४३५ नम्बरको स्कुटर लिएर गोली चलाउने ब्यक्तिहरु फरार भएका थिए । उक्त स्कुटर भने बर्दघाट नगरपालिका वडा नम्बर १५ मा भेटिएको प्रहरीले जनाएको छ ।घटना स्थलमा धारिलो हतियार समेत फेला परेको थियो भने उनको पाखुरामा गोली प्रहार गरिएको प्रहरीले जनाएको थियो ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाईते भएका विश्वकर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा थप उपचारका लागि बुटवलको तिनाउँ अस्पतालमा लगिएको थियो । तिनाउँ अपताल बाट रिफर गरी भैरहवा मेडिकल कलेज पठाईएको थियो भने भैरहवा मेडिकल कलेजमा समेत उपचार सम्भव नभएपछि उनलार्ई आइतबार काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी काजी कुमार आचार्यले अनुसन्धान जारी रहेको बताउदै घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्नको लागि विशेष टोली खटाइएको र छिट्टै गोली प्रहार गर्ने समुह नियन्त्रणमा आउने दाबी गर्नुभयो ।
घटनाको निन्दा गर्दै विभिन्न ब्यवसाहिक संघ सस्थाहरुले प्रेस बिज्ञप्ति समेत जारी गरेका छन। आन्दोलित व्यवसायीहरुले सोमबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा समेत ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहको अध्यक्ष सुनारले जानकारी दिनुभयको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme