पश्चिम नवलपरासी ।
सर्वाधिक चर्चामा रहेकाे नवलपरासी पश्चिमकाे क्षेत्र नं. १ मा नेपाली काँगेसका तर्फबाट उम्मेदवारी गरेका केन्द्रिय सदस्य विनाेद चाैधरीकाे प्रतिश्पर्धामा रहेकी नेकपा माओबादी नेत्री सीतादेवि बौडेलले आफुले उम्मेद्बारी निष्क्रिय गरेको घोषणा गरेकी छन ।
उनले संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दिएकी थिइन् । वाैडेलले उम्मेद्बारी निष्क्रिय पारेपछि यसकाे प्रत्यक्ष लाभ नेपाली काँग्रेसका उम्मेदवार विनाेद चाैधरीलाइ पुग्नेछ । विनाेद चाैधरी यस क्षेत्रमा लाेकप्रिय बन्दै गएका उम्मेदवार हुन् ।
साेमवार एक प्रेस बिज्ञप्ति जारी गर्दै बौडेलले गठबन्धनको मर्म र भावनाको कदर गर्दै आफ्नो उम्मेद्बारी निष्क्रिय गराएको घोषणा गरेकी हुन ।
निर्वाचन आयोगले उनलाई पुतली चुनाव चिन्ह प्रदान गरेको थियो।
सत्ता गठबन्धन दलकाे सहमति अनुसार नवलपरासीकाे संघिय क्षेत्र १ नेपाली काँग्रेसलाइ परेकाे छ ।






