11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बाढी तथा पहिरोको कारण सडक अवरोध तथा विभिन्न धनमाल नष्ट

- Advertisement -

काठमाडौं ।

            संखुवासभा, चैनपुर नगरपालिकास्थित हेवाँ खोला र पिलुवा खोलामा गएराति आएको अविरल वर्षाको कारण आएको बाढीले खोलाको छेउमा रहेका केही घरहरूमा क्षति पुर्‍याएको छ । सोही नगरपालिका-४ दोभानेस्थित निर्माणाधिन सुपरहेवा खोला हाईड्रो पावर र सोही हाईड्रो पावरमा काम गर्ने मजदुर बस्नको लागि बनाईएको क्याम्पमा समेत क्षति पुर्‍याएको छ । साथै बाढीको कारणले घाइते भएका चैनपुर नगरपालिका-७ घर भएका सोही हाईड्रोमा काम गर्ने २५ वर्षीय राजेश श्रेष्ठ सहित ३ जना घाइतेको चैनपुर हेल्पिङ हेण्ड अस्पतालमा उपचार भइरहेको छ । साथै उक्त बाढीको कारण उक्त हाइड्रोमा काम गर्ने १६ जना कामदार सम्पर्कमा नरहेको भन्ने जनाकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरी बल चैनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उद्दार तथा खोजी कार्य गरिरहेको छ । उक्त बाढीले पाँचखपन नगरपालिका-५ टुडीखेल वेशी र चैनपुर नगरपालिका-६ भन्ज्याङ खर्क वेशी जोडने हेवा खोलास्थित मोटरेवल पक्की पुलसमेत पूर्णरूपमा क्षति भएको छ । पाँचखपन नगरपालिका-५ स्थित हेवा खोला किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शव समेत फेला परेको छ । साथै उक्त खोलामा आएको बाढीले पाँचखपन नगरपालिका-७ एक्ले वेशी र चैनपुर नगरपालिका-६ जोड्ने हेवा खोलामा रहेको झोलुङ्गे पुल र पाँचखपन नगरपालिका-५ सातपत्रे वेशी र चैनपुर नगरपालिका-८ जोड्ने हेवा खोलामा रहेको झोलुङ्गे पुलसमेत पूर्णरुपमा क्षति भएको छ ।

            पाँचथर, फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सिमानामा पर्ने हेवाखोमा अविरल बर्षाको कारण सोमबार बिहान आएको बाढीले सोही खोलामा रहेको हाईवे मेची राजमार्गको पुल पूर्णरुपमा बगाई क्षति भएको छ । फिदिम नगरपालिका-३ कान्छिदोकानस्थित मेची राजमार्गमा माथिबाट माटो सहितको लेदो आई राजमार्ग पूर्णरूपमा अवरोध भएको छ । साथै सोही खोलाको बाढीको कारण फिदिम नगरपालिका-४ माझिटारस्थित तमोर करिडोर सकखण्डमा फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने बेलिब्रिज समेत बगाई सडकखण्ड पूर्ण रूपमा अवरोध भएको छ । साथै उक्त बाढीले फिदिम नगरपालिका-४ बस्ने रेमश कटुवालको घर र मतानसेमत बगाएको छ । साथै बाढीको कारण हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिका बस्ने ५ जना सम्पर्क विहीन भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उद्दार तथा खोजी कार्य गरिरहेको छ ।  

            पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme