रमेश बहादुर सिह बझाङ
बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुदाँ ४ जना घाईते भएका छन । सनिवार राती चैनपुर बाट मष्टा गाउपालिका गइरहेको सुपप्र ००१ ज १२१९ नम्बरको जिप मष्टा गाउपालिका वडा नम्बर २ बाडे गाउको तल्लो मोडमा दुर्घटना भएको हो ।
९ जना सबार रहेको उक्त जिप सडक बाट २५ मिटर तल खस्दा चालक गम्भिर घाइते भएको र अन्य ३ जना सामान्य घाइते भएको जिलला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते हुनेमा मष्टा गाउपालिका ७ कि १८ बर्षिया कमला द्धाल , सोहि ठाउका ४५ बर्षिया गोरख द्धाल , अँग बहादुर बोहरा , जिप चालक शान्त बोहरा रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको जनाइएको छ । जिप दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन ।
बझाङमाको दुङ्गरि बाट बिना स्टेमेट र, मनपरी ढंगले आफ्नो पायक पर्ने ठाउँ अनुकुल जबरजस्ती अव्यबस्थीत रोडकटाइले गर्दा यस्ता दुर्घटनाको जोखीम बढ्रदै गइरहेको स्थानीय बासिहरूले बताउनुभयो ।





