15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नेपाली कांग्रेसकाे विरोध सभा सम्पन्न

- Advertisement -

संजय कुशवाहा / नवलपरासी, ८ माघ

नेपाली कांग्रेस पश्चिम नवलपरासीद्वारा प्रतापपुर गाउँपालिका वडा न .६ र ८ गुठी परसौनी लगायत प्रतापपुरमा बिरोध सभा सम्पन्न भएको छ ।

वडा सभापति ओटिश हरिजनको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि श्रवण कुमार कुशवाहाकाे प्रमुख अतिथितामा बिरोध सभा कार्यक्रम सम्पन्न भएको हो ।
बिरोध सभाका प्रमुख अतिथि कुशवाहाले कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले निर्वाचित गरि बनाएको संसदलाई भंग गरेको असंबैधानिक कदमको विरोधमा काग्रेसले कुनै पनि हालतमा संसद पुनस्थापन गराउने बताउनु भयो । कुनै पनि धारा उपधारामा संसद बिघटन गर्ने उल्लेख नभएको बताउँदै संबिधानको धारा नरहेको तर प्रधानमन्त्री केपी ओलीको सरकारले निर्वाचित प्रतिनिधि सभा भंग गरेर लोकतन्त्र विरोधी गतिविधि गरेको आरोप लगाए । जनताले निर्वाचित गरेको सर्वोच्च निकाय प्रतिनिधि सभा भंग गरेर अधिनायकवाद तर्फ सरकार अघि बढिरहेकाले कांग्रेसले रोक्नुपर्ने बताउँदै ओलीलाई पनि तह लगाउनु पर्ने बताए।

कांग्रेसलाई लोकतन्त्र, संविधान र जनताको माया र चिन्ता रहेका कारण सरकारलाई अधिनायकवाद तर्फ अघि बढ्न खोजे प्रतिकार गर्नुपर्ने जिम्मेवारी रहेकाले बिरोधका कार्यक्रममा बताए ।

बिरोध सभा कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष रामहरि उपाध्याय, श्रवण कुमार कुशवाहा, नेपाल शिक्षक संघ नवलपरासी सचिव बृजराज कुशवाहा , देवेन्द्र मिश्रा , दिलीप गुप्ता ,निर्मला यादव ,कनहिया हरिजन , लगाएतका नेता कार्याकर्ताहरुको सहभागीता थियो।
कार्यक्रममा सहजीकरण केशव अधिकारीले गरेका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme