नेपाली कांग्रेसकाे देश भरि प्रदर्शन

4
बिज्ञापन

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए ।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।’

Advertisement

तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।

धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’

तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’

तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् ।

संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने ?’

उनले संसद विघटन असंवैधानिक मात्र होइन, गैर जिम्मेवार कदम भएको बताए ।

त्यस्तै, अाेलीकाे कदम असंबैधानिक भएकाे भन्दै देश भरिका स्थानीय तह क्षेत्रमा नेपाली कांग्रेसले  विराेध प्रदर्शन गरेकाे छ ।