नवलपरासी, नेपाली काग्रेंसको १४ औं महाधिवेशनमा संविधान सभाका सदस्य देवकरण प्रसाद कलवारले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कलवारले मधेशीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सभापति शेरबहादुर देउवा पक्षको लागी कलवारले आफु केन्द्रिय सदस्यको लागी उम्मेद्वारी दिने बताए।
जिल्लाको सिमावर्ती क्षेत्रहरुमा मधेशी,मुस्लिम दलित जनजाती तथा किसानहरुको लागी प्रभावशाली नेताको पहिचान गराउन सफल भएका नेता कलवारले नेपाली काग्रेंसको लागी निरन्तर लाग्दै आएको हुदाँ अहिलेको महाधिवेशनमा नेपाली काग्रेंसको राजनीतिक कदमलाई थप अगाडि बढाउनको लागी उम्मेद्वारी दिने घोषणा गरेका हुुन ।
केन्दिय सदस्यमा आफुले उम्मेद्वारी दिनुको साथै सबै महाधिवेशन प्रतिनीधिको साथ र सहयोगको आग्रह समेत गर्नु भयो ।















