नवलपरासी-२ का स्वतन्त्र उम्मेदवार विजय अग्रहरि चुनावी घरदैलो अभियानमा

46

नवलपरासी । मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ ।

माछा चुनाव चिन्ह लिई चुनावी मैदानमा उत्रिएका नेता विजय अग्रहरीले आज पाल्हीनन्दन गाउँपालिका वार्ड नं १,२ र ३ मा घर दैलो अभियान सम्पन गरेका छन्। नेता विजय अग्रहरीलाई जनताले फूलमाला सहित स्वागत् समेत गरेका छन्।

नेता विजय अग्रहरिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा आफू लाई जनताले भारी मत दी विजयी गराउने विश्वाश व्यक्त गरेका छन्। यस क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, रोजगार कृषी तथा अन्य धेरै क्षेत्रमा तुलनात्मक रूपमा बिकास हुन सकेकोले मैंले यसको गति बढाउन उम्मेदवारी गरेको बताएका छन्।

नेता विजय अग्रहरी लोसपा नेपाल नवलपरासीका वरिष्ठ नेता समेत रहेका थिए । पार्टीले विचार सिद्धान्त न मिल्ने संग गठबंधन गरेकोले मैले आफ्नो स्वतन्त्र उम्मेदवारी दिइएको बताए ।