9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

दुई महिने बेसिक व्युटि पार्लर तालिमको उद्घाटन

- Advertisement -

पप्पु रेग्मी , बर्दघाट ।   रमा व्युटि पार्लर तथा ट्रेनिङ सेण्टर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मवस्तिमा सिटि बिटिद्वारा सम्बन्धन प्राप्त रमा ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा चाैथाे वार्षिक उत्सवकाे अवसरमा २ महिने वेसिक व्युटि पार्लर तालिमको उद्घाटन शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।  

उद्घाटन कार्यक्रम रमा व्यूटी पार्लरको सञ्चालिका एवं प्रशिक्षक रमा अर्याल अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष तथा बर्दघाट नगरपालिकाका नगर प्रवक्ता सन्त बहादुर गाहाको प्रमुख आतिथ्यताम तालिमको उद्घाटन गरिएको कार्यक्रममा  प्रमुख अतिथिकाे अासनबाट गाहाले बाेल्दै, अहिलेको समयमा व्युटि पार्लर तालिम सम्वन्धि सीप सिकेर आफ्नै गाउँ घरमा व्यवसाय गरेमा जिविकाे पार्जन गर्न सहज हुने बताउनुभयो । 

कार्यक्रममा विशेष अतिथि नेकपा एमाले बर्दघाट नगर कमिटिका अध्यक्ष रविन्द्र विक्रम हमाल, स्थानीय टोल विकास समितिका अध्यक्ष सुक बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला कार्य समितिका सदस्य पप्पु रेग्मी, प्रगति आमा समूहको अध्यक्ष सुमित्रा पौडेल, समाजसेवी डिल कुमारी दर्लामी, पुनम गीरी, शम्भु गुप्ता, लगायतले तालिमको शुभकामना मन्तव्य राख्नुभएको थियो । ललिता पान्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मधुसुदन अर्यालले गर्नुभएको थियो ।

तालिममा २० जना प्रशिक्षार्थी रहेका छन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme