त्रिवेणी, २७ माघ ।
पुर्वि नवलपरासीकाे त्रिवेणी स्थित रानीनगर बजारबाट माेटरसाइकल चाेरिएकाे छ । तस्विरमा देखिएकाे व्यक्तिले माेटरसाइकल चाेरेकाे दावी गरिएकाे छ ।
बजाज डिस्कभर १३५ सिसि लु ६ त ३२४४ नं. काे सिल्वर कलरकाे माेटरसाइकल अपरान्ह करिब ५ बजे रानीनगर बजारबाट चाेरिएकाे हाे । पंकज थापाकाे नाममा दर्ता रहेकाे साे बाइक चाेर्नेलाइ कसैले देखेमा नजिककाे प्रहरी वा माेबाइल नं. ९७४९७६०३४५ मा खबर गरिदिन अनुराेध गरिएकाे छ ।

तस्विरमा देखिएका युवक लागु पदार्थ खाए जस्ताे व्यवहारमा देखिएका थिए, प्रष्ट नेपाली बाेलेका थिए । ती युवकसंगै चित्रमा देखिएकाे माेटरसाइकल नै हाे जुन, गत आइतवार चाेरिएकाे वाहक अवधेश कुशवाहाले बताए ।






