तलब नपाउदा विद्यालय हड़ताल

39
नवलपरासी
फागुन १ गते
नवलपरासीमा एक सार्वजनिक विद्यालयका शिक्षकले तलब नपाएपछि पठनपाठन बन्द गरि बुधवारदेखि अनिश्चितकालिन शैक्षिक हडताल उत्रेका छन् ।
पाल्हीनन्दन गाउंपालिका वडा नं २ मा रहेकाे हरपुर माध्यमिक विद्यालय हरपुरमा अध्यापन गराइरहेका निजी श्राेतका शिक्षकहरूले हडताल गरेका हुन् । उनीहरूले विगत १२ महिनाकाे तलब भत्ता लगायतका सुविधा नपाएपछि शैक्षिक हडतालमा उत्रन बाध्य भएकाे बताएका छन् । उनीहरू गतवर्ष फाल्गुन महिनादेखी हालसम्म मासिक तलब पाएका छैनन् ।
प्रधानाध्यापकले विद्यालयकाे नीजी अाम्दानीले नपुग भएपछि स्थानीय गाउंपालिका पाल्हीनन्दनसित माग गरिएकाे तर गाउंपालिकाले पनि बेवास्ता गरेपछि तलब खुवाउन नसकेकाे बताए । 
शिक्षकहरूले तलब नपाएसम्म काममा नफर्किने बताएका छन् ।