नवलपरासी । ट्राफिक प्रहरीले चाडपर्व नजिकिएसँगै पश्चिम नवलपरासीमा सवारी चेकिङमा कडाइ गरेको छ ट्राफिक प्रहरी कार्यालयका पश्चिम नवलपरासी अनुसार दैनिक करिब १०० भन्दा बढी सवारीसाधन कारवाहीमा परेको जनाएको छ ।
प्रहरी बरिस्ठ नायब निरिक्षक डम्बर गिरीले बुधबार पनि ८० बढी सवारीसाधन कारवाहीमा परेको बताए । उनका अनुसार एकैदिन ८० जना सवारी चालकलाई कारवाही गरिएको हो ।





