गाडिएको अवस्थामा शव फेला             

33

ललितपुर, २१ माघ

गोदावरी नगरपालिका-१२ तरङ्गखेलस्थित प्रदिप थापा मगरले गोदामको लागि भाडामा दिएको घर पछाडि रहेको करेसाबारीमा तेह्रथुम संक्रान्ति गाउँपालिका-२ ठेगाना भएका ६२ वर्षीय मोहन प्रसाद लिम्बुको शव गाडिएको अवस्थामा बिहीबार साँझ फेला परेको छ ।

गत माघ १२ र १३ गते मोरङ धनपालथान गाउँपालिका-७ कमलपुरस्थित सुनसरी धरान नगरपालिका-३ बस्ने राजेन्द्र श्रेष्ठ र सप्तरी सिंगझुडी गाउँपालिका-४ बस्ने शम्भु चौधरीको गाडीएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा मोहनको शव उक्त स्थानमा फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।