आगलागीबाट धनमाल जलेर नष्ट    

21
file copy

झापा, २० माघ

उदयपुर, त्रियुगा नगरपालिका-११ पुरानो सब्जी लाईन बस्ने किसन राईको ग्यारेजमा गएराति आगलागी हुँदा ग्यारेज भित्र रहेको प्र १-०२-००२ च ४३८५ नम्बरको स्कारपिओ गाडी र स.३ प २२८३ नम्बरको मोटरसाइकल जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धादिङ, निलकण्ड नगरपालिका-३ दिपटोलमा रहेको अमृत कुमार श्रेष्ठको धादिङ कपास प्रशोधन उद्योगमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा कपास उद्योग र उद्योगमा रहेको सिरक, डसना, कपास, कपडा, कपडा पेल्ने मेसिन समेत जलेर करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, मेचीनगर नगरपालिका-६ बर्मेलि टोलस्थित श्याम खेतानको एसएस फुटवेर जुत्ता फ्याक्ट्रीको गोदाममा बिहीबार दिउँसो आगलागी भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकरभिट्टा, ईलाका प्रहरी कार्यालय धुलाबारी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना समेतको टोलीले विभिन्न ४ वटा दमकलको सहयोगमा आगो निभाउने कार्य गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।