वासिङटन डिसी : अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको अर्को केस देखिएको छ ।
अमेरिकाको मिनसोटामा ओमिक्रोन भाइरसबाट संक्रमित अर्को एक व्यक्ति भेटिएको सीएनएनमा खबर छ । बुधबार अमेरिकाको क्यालिफोर्नियामा पहिलो पटक ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट देखिएको थियो ।
दक्षिण अफ्रिकाबाट नोभेम्बर पहिलो साताबाट सुरु भएको नयाँ भेरियन्ट अहिले विश्वका अधिकांश मुलुकहरुमा फैलिसकेको छ ।
भारतमा बिहीबार दुई जनामा नयाँ भेरियन्ट पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





