अफगानिस्तानबाट अगस्टको अन्त्यमा अमेरिकी सेना फर्किएपछि तालिवानले समलिंगीहरुलाई खोजेर उनीहरुको हत्या सूची तयार पारेको क्यानडाको गैरसरकारी संस्था रेनबो रेलरोडका किमाली पोवेलले बताए ।
हिंसा र धम्कीपछि देश छोडेका व्यक्तिहरुको उद्दारका लागि खोलिएको सो संस्था अहिले अफगानिस्तानमा केन्द्रित छ । अहिले अफगानिस्तानबाट कम्तिमा २०० जनाको तत्काल उद्दार गर्नुपर्ने संस्थाले जनाएको छ । गत साता मात्रा संस्थाले २९ जनाको रिहाई गरेको थियो ।
तालिवानले एलजीबीटी समुदायका व्यक्तिको घरमा छापा मारेर उनीहरुलाई भौतिक कारबाही गरेको समाचारमा जनाइएको छ । तालिवानले उनीहरुको मोवाईल कब्जा गरेर एलजीबीटी समुदायका गोप्य सूचना लिएको छ । तालिवानले केही दिनअघि एलजीबीटीमा आबद्ध एक व्यक्तिको राहदानी जलाइदिएका थिए ।















