काठमाडौं । गृहमन्त्री बालकृष्ण खाडकाे विशेष पहलमा रू. ६ कराेडकाे लागतमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाे चक्रपथ बनाउने भएकाे छ । खाँडले शनिवार यसकाे शिलान्यास गरेका छन् ।
मन्त्री खाणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकासमा कन्जुस्याई नगरिने बताए । चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमी हुन नदिने उनले प्रतिबद्धता जनाए ।
तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ । निर्माणपछि देशभरका स्थानीय तहमध्ये तिलोत्तमा चक्रपथ पहिलो हुनेछ । चक्रपथ तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिको मध्यभागमा पर्नेछ ।
गृहमन्त्री खाणले चक्रपथको बजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दातृ निकायसँग सहयोगको लागि पहल गर्ने बताए । पछिल्लो समय मन्त्री खाण जिल्ला केन्द्रीत भएका छन् । उनले जिल्लाको विकासमा केन्द्रमा बजेट छुट्याउनेदेखि योजना पार्ने र त्यसलाई सम्पन्न गर्न पहल गर्दै आएका छन् ।





