बर्दघाटमा ट्र्कमा तोडफोड, ४ जना पक्राउ

118
पप्पु रेग्मी, बर्दघाट ४, फागुन ।
त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अवरोध गरेको हुदा प्रदर्शनकारीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाट  प्रहरीले ४ जनालाइ नियन्त्रणमा लिएको छ ।
एमसीसी विरुद्धको आन्दोलनमा सार्वजनिक यातायात, शैक्षिक संस्था पसल लगायत बन्द गराउदै हिंडेकाहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे । एमसीसी खारेजीको माग गर्दै गरेको पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले बुधवार बन्द आह्वानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा यु.पी ३६ टी ४७३३ नम्बरको भारतीय ट्रक र भुताहामा एक ट्रक तोडफोड् गरेको जनाइएको छ ।
बर्दघाटबाट लामो तथा छोटा दुरीका चल्ने सवै सवारी साधनहरु बन्द रहेका छन । सडकमा रहेका हलुका सवारी सधानहरु छिटफुट रुपमा चलेका थिए । बन्दकर्ताले ठाँउ ठाँउमा टायर बालेर सडकमा अवरोध पुर्याएका थिए ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल, प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, र बिप्लव नेकपाका बिशेष जिल्ला समिति सदस्य सुमन ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।