सहबान अन्सारी
नवलपरासी,१६ माघ
नवलपरासीमा २ लाख २० हजार मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ५ गण्डक नहर पश्चिम स्थित दशगजा नजिकै नेपालबाट भारततर्फ जादै गरेको युपी ५६ अल २८०६ र बिआर ०६ सीई ७४१९ नम्बरको भारतिय मोटरसाईकलमा सवार ब्यक्तीहरु मोटरसाईकल छाडी भागेकोले उक्त मोटरसाईकलहरुलाई थप चेकजाँच गर्दा मोटरसाईकलको डिक्कीबाट करिब १ लाख २० हजार बराबरको आईटिएल १५० थान मोबाईल र १ लाख बराबरको २ वटा मोटरसाईकल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलको नेतृत्वमा खटिएको गस्तीटोलीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त मोबाईल र मोटरसाईल मानिसहरुले छोडी भागेका सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना अधिकारी माधब रेग्मीले बताए ।
नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।















