काठमाण्डाैं, ९ माघ ।
जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि जवाफमा बाँस्कोटाले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए।
जवाफमा बाँस्कोटाले लेखेका छन् : हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने,चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन।





