नवलपरासी, ६ माघ ।
सार्वजनिक अपराध मुद्धामा विगत ६ बर्षदेखि फरार रहेका २ जना अभियुक्तलाइ नवलपरासी प्रहरीले पक्राउ गरि अदालत बुझाएको छ ।
नवलपरासी जिल्ला अदालतबाट सार्वजनिक मुद्धामा मिति २०७२ माघ २४ गते फैसला भई तत्काल जनही ५ हजार रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका ति दुबैजना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले निजहरुकै स्थायी वतन जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ४ स्थितबाट पक्राउ गरिएको हो ।
विहिवार पक्राउ परेका दुबै जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र दुबै जनालाई अदालतबाट लगत अनुसारको कारबाही भएको बताइएकाे छ ।





