ताप्लेजुङ, ६ माघ
मेरिङदेन गाउँपालिका-३ खाम्लुङस्थित सडकमा मे.१ त ७४६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मेरिङदेन गाउँपालिका-१ थिङलाबु बस्ने ४५ वर्षीय च्याप्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक र सहचालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





