पर्सा
बिश्वभरीमा फैलिए कोरोना रोग बाट बचन र हालै आएको अमिक्रोन रोग बाट बच्न र बचाउने उदेश्यका साथै पर्सामा सशस्त्र प्रहरीले जनताको सुरक्षासँगै मानविय सेवाको काम पनि थालनी गरेका छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले गाउँ गाउँ को घर घरमा पुगेर माक्स र सेनेटराईजर बितरण गर्दै, यो रोग बाट वचन सुरक्षा अपनाउन आग्रह समेत गर्दै जनचेतना समेत फैलाएका छन। ग्रामिण क्षेत्रका विभिन्न स्थानमा पुगेर घर घरमा पुगि शान्ति सुरक्षा प्रदान सँगसँगै जनसेवाको काम पनि सुरु गरेको हो । जनता हरुले कोरोना कहरको दिन र कोरोना बाट अपनाउने सुरक्षा माक्स , सेन्टराईजर लगाउने र साबुन पानी बाट हाथ धुने काम हरु बिर्सेका कारण फेरि सुरक्षा अपनाउन आग्रह गर्दै जनचेतना फैलाउदै घर घरमा पुगेर स्वास्थ्य मापदण्ड अपनाउन आग्रह समेत गरेका छन। कोरोनाको प्रतिकुल असर नपरोस भन्ने उद्देश्यले शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटेको टोलीले कोरोना र हालै आएको ओमिक्रोन रोग बाट बचाउन घर घरमा पुगेर माक्स र सेन्टाईजर बितरण गरि फेरि स्वास्थ्य मापदण्ड अपनाउन माक्स ,सेन्टराईजर लगाउन र साबुन पानी बाट हाथ धुन बानि बसाल्न जनचेतना फैलाएका छन। कोरोना रोग बाट बच्नन घर बाहिर भिडभाडमा नजानु,घर बाट बाहिर जादा माक्स,सेनटराईजर लगाउनु र साबुन पानीले समय समयमा हाथ धुनु जरुरी रहेको निरिक्षक कार्कीले बताए।
सशस्त्र प्रहरीले ग्रामिण क्षेत्रका जानकीटोला, भिखमपुर, लक्ष्मीपुर, पाण्डेपुर लगायत अन्य कयौँ स्थानमा पुगेर घर घरमा माक्स , सेनेटाईजर सहयोग पुर्याउने काम गरेका छन ।सशस्त्र प्रहरी निरीक्षक कार्कीले सुरु मै जनता हरुलाई सचेत गराई जनचेतना फैलाउने काम सुरु गरेको यस मानवीय कार्यका लागि स्थानिय हरुले प्रसंशा समेत गरेका छन।















